News Portal

नेपालमा थप २९३ काेराेना संक्रमित थपिए, संक्रमितकाे संख्या १५ हजार ७८४ पुग्याे

रातोपोस्ट संवाददाता
५६९ पटक

काठमाडौं, असार २१ । देशभर पछिल्लो २४ घण्टामा २९३ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइतबार २९३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ। हिजो शनिबार देशभर २३२ जना संक्रमित थपिएका थिए।

प्रतिकृया दिनुहोस्