News Portal

बिहीबार थपिए १०८ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १६५३१

रातोपोस्ट संवाददाता
३६२ पटक

काठमाडौं,असार २५ । नेपालमा पछिल्लो २४ घण्टामा १०८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १४९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ८९१ पुगेको छ ।

बिहीबारसम्म २ लाख ७१ हजार १४५ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ यथावत् छ । अहिलेसम्म २४ हजार ४२५ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६०५ जना आइसोलेसनमा रहेका छन् । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ रहेको छ ।

प्रतिकृया दिनुहोस्