News Portal

सिन्धुपाल्चोक बाढी अपडेट : बेपत्ता २० जनाको पहिचान खुल्यो

रातोपोस्ट संवाददाता
३६८ पटक

काठमाडौं,असार २५ । सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी बगाएर बेपत्ता हुनेको पहिचान खुलेको छ।

बाह्रबिसे नगरपालिकाका उपमेयर सुशीला पाख्रिनका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना बेपत्ता भएका छन्। यस्तै भोटेकोसी नगरपालिकाका ४ जना बेपत्ता भएका छन्।

बाह्रबिसेमा बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा र जनकबहादुर वाइबा छन्।

यस्तै सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ बेपत्ता भएको उमपेयर पाख्रिनले बताइन्। सुवेश तामाङ र सलिना तामाङ पनि बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बेपत्ता शर्मा निर्माणाधीन मध्यभोटेकोसी आयोजनाका सेक्रेटरी र केसी जाइकाका इन्जिनियर हुन्।

भोटेकोसी गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ बेपत्ता रहेकाे डीएसपी माधवप्रसाद काफ्लेले बताए।
निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ।

भोटेकोसी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बुधबार राति १० बजेदेखि अविरल पानी परेको थियो भने १२ बजेपछि भोटेकोसी नदीको दुवैतर्फ पहिरो खसेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रतिकृया दिनुहोस्