News Portal

नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
९११ पटक

काठमाण्डौ, असार ३१। नेपालमा पछिल्लाे २४ घण्टामा थप एक सय १६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार थपिएकासँगै नेपालमा कोराना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा पाँच हजार ९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

गएको २४ घण्टामा ६ सय ९७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ११ हजार २५ पुगेको छ ।

नेपालमा अहिलेसम्म कुल सङ्क्रमितको ६४ दशमलव २५ प्रतिशत सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ६ हजार एक सय १४ जना सक्रिय सङ्क्रमित रहेका

प्रतिकृया दिनुहोस्