News Portal

तुहियो रञ्जन कोइरालाको अन्तिम तयारी, अदालतको ढोकामा ताला लाग्यो

रातोपोस्ट
६६२ पटक

काठमाडौं, साउन २८ । अघिल्लो विहीबार दिउँसो १२ बजे भर्खरै जेलबाट छुटेका पूर्वडिआइजी रन्जन कोइरालाका पुत्रद्वय २३ बर्षका आयुष र १९ बर्षका आर्यन सर्वोच्चको गेटमा देखिए ।

गेटमा बसेका सुरक्षाकर्मीले एकछिन अदालन आउनाको प्रयोज सोधे । एकैछिन अक्मकिएको भावमा आयुष र आर्यनले बुबाको लागि निवेदन दिन आएको बताए । अनि प्रहरीले कोरोना भए नभएको खुट्याउन थर्मल गनले दुवै जनाको ज्वरो नापे । त्यसपछि उनीहरु सरासर भुइँतलाको मूलढोकाछेउ प्रतिवेदन शाखातिर सोझिए ।

त्यहाँ फाँटवालासँग एकछिन बातचित गरेपछि छेवैमा सहरष्ट्रिार नेत्र आचार्यको कक्षतिर लागे ।निवेदनका विषयमा आचार्यले मुख्य रजिष्ट्रार नृपध्वज निरौलासँग फोनमा कुराकानी गरे ।

स्रोतका अनुसार मूख्य रजिष्ट्रारले निवेदनको विषयबारे प्रधानन्यायाधीश राणासमक्ष जाहेर गरे । राणाको प्रतिक्रिया बुझेपछि अन्ततः दर्ता गर्न नमिल्ने ठहर भयो । आयुष र आर्यन यतिन्जेल सहरजिष्ट्रार आचार्यकै कक्षमा ब्यग्र प्रतिक्षामा थिए । अन्ततः दर्ता न, दरपीठको अवस्थामा निवेदन उनैलाई फिर्ता गरियो । त्यसपछि दुई दाजुभाई निवेदन झोलामा हालेर चुपचाप बाहिरिए ।

पत्नीहत्याको अभियोगमा साढे आढबर्ष जेल बसेर हालै रिहा भएका पूर्व सशस्त्र डिआइजी रन्जनलाई मुद्दाबाट पूरै सफाइ दिनुपर्ने मागसहित निवेदन दिन यी दाजुभाई सर्बोच्च पुगेका थिए । आफ्ना बाबु रन्जन ‘निर्दोष’ रहेको दाबीसहित दुई छोराले प्रधानन्यायाधीशलाई सम्बोधन गरी निवेदन तयार पारेका थिए । जिल्ला अदालत काठमाडौंले पत्नी हत्याको अभियोगमा दोषि करार गर्दै रन्जनलाई सर्वश्वसहित जन्मकैद सजायँ तोकेको थियो ।

तर रन्जनका पुत्रद्वयले दिएको निवेदन दर्ता गर्न कानुनी बाटो समाप्त भइसकेको भन्दै जस्ताको तस्तै फिर्ता गरिएको हो । कैद सजाय घटाउने गरी भएको फैसलामा न्यायाधीशत्रय बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिइसकेको हुँदा सफाइका लागि निवेदन दर्ता गर्न नमिल्ने जवाफ दिएर फर्काइएको बताइन्छ । यो निवेदन अपराधबाट फुर्सद पाउन रन्जनले प्रयोग गरेको अन्तिम हतियार हो ।

सफाइको निवेदन फिर्ता भएपछि अब उनका लागि अदालतको ढोका ताला लागेको छ । महान्यायीबक्ताको कार्यालयले दिएको पुनरावलोकन निवेदनमा सुनुवाइका लागि रन्जनविरुद्ध दर्ता भएको कर्तब्य ज्यान मुद्दा सून्यबाट फेरि सुनुवाइ गर्न बाटो खुला भएको छ । जनआस्था साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्