News Portal

नेकपाको सचिवालय बैठक आज बस्दै

रातोपोस्ट संवाददाता
४२१ पटक

काठमाण्डौ, भदौ १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ भने कार्यदलको कार्यादेश पनि तयार पार्नेछ ।

पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएकोमा असन्तुष्टि सुरु भएको छ ।

६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावमा सहमति जनाए पनि बैठकपछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको बताएका थिए । बैठक बिहान साढे ९ बजे बालुवाटारमा बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्