News Portal

ठगी गरेको भन्दै डाक्टर अनिरुद्र पाठकलाई भौतिक कारबाही गर्ने साउदी मोर्चाको चेतावनी

रातोपोस्ट संवाददाता
१९९३ पटक

साउदी, भदौ  १७ ।  साउदी अरबमा क्रियाशील रहेको नेपाली जनप्रगतिशिल मोर्चा साउदिले पीडित नेपाली श्रमिकहरूबाट बिभिन्न समस्या देखाउंदै उद्धारको नाममा मोटो रकम असूल गरिँदै आएको बिषयलाई आफ्नो संगठनले गम्भिर रूपमा लिंदै पीडित नेपाली कामदारहरूलाई सरकारकै खर्चमा उद्धार गर्न जोडदार माग गरेको छ ।

साथै कोरोना जाँचका नाममा चर्को रकम असूल गर्ने नेपाली राजदूतावास रियाधबाट स्वीकृति प्राप्त ढाका मेडिकल सेन्टर र त्यसमा कार्यरत नेपाली डाक्टर अनिरूद्र पाठकले सिंगो नेपाल राष्ट्रमाथि नै घात गरेको ठहर गर्दै निजलाई कार्बाही गर्न माग समेत गरेको छ । दूतावासले एक्शन नलिए मोर्चाले कार्बाही गर्ने समेत जारी विज्ञप्तीमा उल्लेखित छ ।

डा. अनिरूद्र पाठकले रियाधमै १० किमीको दूरीमा सेवा दिंदा १,२०० साउदी रियाल लिएको भन्दै श्रमिकहरुको गुनासो पनि रहेको छ ।
पाठकलाई हालैका दिनमा एनआरएनए एनसिसी साउदी अरबले सल्लाहकारमा मनोनयन गरेको थियो, जबकि निज पाठक संस्थामा आवद्ध नै थिएनन, आवद्ध नभइ कुनै पनि संस्थामा योगदान दिने गुञ्जायस नै रहंदैन, नेपाली समाज र नेपाल राष्ट्रकाप्रति उनले दिएको भनिएको योगदान माथिको प्रकरणमा छताछुल्ल भएको छ !

उक्त संस्थाको बिधानले उपल्लो निकायको सम्मानित पदमा नियुक्त हुन संस्थामा एक कार्यकालको आबद्धता र योगदान दुबै खोजेको छ ।

हेर्नुस माेर्चाले जारी गरेको पूर्णपाठ जस्ता को त्यस्तै ।

कोरोना भाइरस ( Covid 19 )का कारण बिश्वब्यापी महामारी यथावतै छ ! यसबाट अछुतो कुनै देश रहन नसकेको अहिलेको परिवेशमा अन्य मुलुकमा भन्दा नेपाली श्रमिकहरुको अवस्था साउदी अरबमा निक्कै नाजुक रहँदा श्रमिकहरुलाई उद्धार गर्ने बहानामा अनेकौँ प्रलोभन,समस्या देखाइ पीडितहरु मार्फत मोटो रकम असुली गर्दै प्रत्यक्ष रुपमा जुन दलालिकरण दिनको दुई गुणा रातको चौगुणा बढ्दै गएको छ।

यस बिषयलाई “नेपाली जनप्रगतिशिल मोर्चा साउदि अरब”ले गम्भीरतापूर्वक लिएकोछ र सम्बन्धित निकायलाई पनी गम्भीर ध्यानाकर्षण गराउँदछ !

उता उद्धारको नाममा आफ्नै देशको सरकारले पुजीवादी दलालि करणलाई प्रेरणा दिँदै एक पीडित बराबर टिकट , होटेल क्वारेन्टाइन गरि झन्डै नेपाली रुपैया दुईलाख खर्च गरेपछि मात्रै आफ्नो देश आउन सक्ने वातावरण बनाइरहँदा यो बिषयलाई फेरबदल गरी पीडितहरुलाई सरकारी खर्चमा उद्धार गर्नको निम्ति जोडदार मागपनि राख्दछ !

यता दूतावासले स्वीकृति दिएको साउदि अरबको राजधानी रियाद शहरको बथा स्थित ( Dhaka medical center ) मा कार्यरत नेपाली डाक्टर अनिरुद्र पाठकले नेपाली श्रमिकहरु उद्धारको नाममा एक त नेपाल सरकारबाटै अपहेलित र पीडित हुँदाहुदै पनि अनेकौँ ऋण-धन गरी नेपाल जान लाग्नुभएका हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरुबाट कोरोना जाँच गर्ने बहानामा मोटो रकम पर-ब्यक्ति ४८०० देखि ६४०० सम्म चार्ज लिँदै बिना चेक-जाँच गरि पीडितहरुलाई कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ दिँदै आएको खुलासा पिडित “झपड बहादुर बस्नेत” ले नेपाल पुगिसकेपछी news 24 channel को issue of the day को कार्यक्रम मार्फत सार्बजनिक भयो / गरे ।

यस बिषयमा दूतावास रियाद र नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न / गराउन चाहन्छौ !

यो बिषय एक ब्यक्ति माथिको मात्रै नभइ समग्रमा सिङ्गो राष्ट्रियता प्रतिमाथिनै घात रहेको ठहर हामी र हाम्रो मोर्चाले गरेको छ !

यदि यो बिषयलाइ सामान्य ठानी दूतावासले खरोरुपमा एक्सन नलिएमा नेपाली डाक्टर अनिरुद्र पाठकलाइ जस्तोसुकै कार्वाही चाहे भौतिक होस या कानुनी अथवा दुबै गर्नको निमित्त हाम्रो मोर्चाले कुनै कसुर बाँकी नराख्ने जानकारी दूतावासलाई गर्न चाहन्छौ ।

अनिरुद्र पाठकको इतिहास हामीले राम्रोसँग बुझेकाछौँ, उसले पैसाको निमित्त साउदि अरबमा के-कस्तो धन्दा हिजोको दिनदेखी गर्दै आएको छ त्योपनी हामीसँग स-प्रमाण सुरक्षीतनै रहेको जानकारी दूतावासलाई गराउन चाहन्छौ !

क्रान्तिकारी अभिवादन
महासचिव
टीकाराम वली (सुरेश)
अध्यक्ष: कसम मगर

प्रतिकृया दिनुहोस्