News Portal

गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
५५८ पटक

पाेखरा, भदौ २१ । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भइसरको संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परिक्षणमा ६ जिल्लाका ६७ जनामा कोरोना संक्रमण भेटिएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका सात, बागलुङका तीन र लमजुङका दुई जनामा पोजेटिभ देखिएको बताए ।
निर्देशक डा. शर्माका अनुसार पोखरा महानगरपालिकाका २० जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पोखरा अमरसिंहचोकस्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत दुई जना नर्समा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी पोखरा महानगरका आठ ओटा वडामा २० जना संक्रमित फेला परेका हुन् ।

त्यस्तै, लमजुङको रिलायन्स फाइनान्समा कार्यरत दुई जना कर्मचारीमा समेत संक्रमण देखिएको छ । त्यस्तै गरी नवलपरासीको कावासोतीमा दुई र बुलिंगटारका एक जनासहित अन्य विभिन्न स्थानहरुमा थप १३ जनामा संक्रमण देखिएको छ। यसैगरी, बागलुङमा तीन जना र स्याङजामा २२ जना नयाँ संक्रमित फेला परेका छन् ।

स्याङजामा फेला परेकाहरु पुतलीबजार नगरपालिका भित्रका हुन् । तनहुँमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गोरखामा समेत दुई जना संक्रमित भेटिएका छन् ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशक डा. शर्माले बताए । संक्रमित सबैलाई सम्वन्धित जिल्लाको आईसोलेसनमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ५१६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्