News Portal

घट्यो डिजेल र मट्टीतेलकाे भाउ

रातोपोस्ट संवाददाता
१३९३ पटक

काठमाडौं ।भारतिय आयल कर्पोरेसनले गत बिहिवार दिउँसो नयाँ मुल्य शुचि पठाए सँगै नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । मट्टीतेल र डिजेलको मुल्य घटेपनि पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ ।

भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाए सँगै सो मूल्यसूची केही घटेर आएकाले नेपाली बजारमा समायोजन गरिएको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्