News Portal

कोराेना महामारीमा किस्ता आतंक:लघुवित्तका कर्मचारी विप्लव नेकपाकाे कब्जामा

रातोपोस्ट संवाददाता
५२५ पटक

६ असोज, अछाम । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको
नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीका कारण जनताको अवस्थालाई मध्यनजर गर्दै परिस्थिति सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको एकहप्ता नबित्दै एनआरएन नामक वितिय संस्थाका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
अछाम कमलबजार नजिकै जनता संग चर्को ब्याजदर असुली गरिएको थाहा पाएपछि बैठक स्थलमा पुगेका विप्लव नेकपाका कार्यकर्ताले उक्त लघुबित्तका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

नेकपाका जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले गत सोमबार वक्तव्य जारी गर्दै पार्टीको निर्देशन अटेर गरेर डिप्रोस नामको वित्तीय संस्था (माइक्रो फाइनान्स) ले जिल्लाको कमलबजार न.पा. ७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको र उक्त कार्य बन्द गर्न आग्रह गरेका थिए।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार , ‘डिप्रोस नेपाल नामक वित्तीय संस्था (माइक्रो फाइनान्स) ले जिल्लाको कमलबजार न.पा. ७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको बेला पार्टीका कार्यकर्ताहरु सोही स्थानमा गई उक्त काम रोकी सम्पुर्ण जनताको सहभागितामा चेतावनीसहित उठाइएको झन्डै २ लाख ५० हजार रकम जनतालाई फिर्ता गराई प्रतिनिधिलाई त्यहाँबाट लखेटिएको जानकारी गराइएको थियोे । वन्दावन्दि का कारण आम जनता को जीवन गुजरा गर्न समेत गारो भैरहेको वेला चर्को व्याज नअसुल्न पटक पटक विज्ञप्ति र फोन मार्फत अनुरोध गर्दा पनि अटेर गेरका कारण एन आर एन वित्तिय संस्था को कर्मचारि लाई गिरफ्तार गरेको नेकपा अछाम ले वताएको छ । जनहित विपरित गतिविधि संञ्चालन गरेका र नेपाल सरकार को मौद्रिक नीति उल्लंघन गर्ने सवै वितिय संस्थालाई कार्वाहि गरिने समेत उक्त पार्टीले जानकारी दिएको छ।नियन्त्रण मा लिएका कर्मचारि को अवस्था अज्ञात राखिएको समेत नेकपाले जनाएको छ।

प्रतिकृया दिनुहोस्