News Portal

झापामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५६० पटक

झापा, असोज १४ । झापामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झापामा तीन जना महिला र सातजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगर नगरपालिका वडा- १० र १३ का २ जना पुरुष, बिर्तामोड नगरपालिका वडा- ४ र ५ का २ जना महिला र १ जना पुरुष, भद्रपुर नगरपालिका वडा- ५ का १ जना महिला र १ पुरुष रहेको बताए ।

यसैगरी कचनकवल गाउँपालिका वडा -७ का १ जना पुरुष र गौरादह नगरपालिका वडा- ७ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।

उनीहरु मध्ये बिर्तामोडका २ जना स्वास्थ्यकर्मी र १ जना भारतिय नागरिक तथा झापा गाउँपालिकाका १ जनाको विराटनगरस्थित कोशी अस्पताल र गौरादहका संक्रमितको टेकुबाट स्वाबको नमुना संकलन गरिएको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८७० पुगेको छ । निको हुनेको संख्या ७८४ छ ।

प्रतिकृया दिनुहोस्