पाल्पा, असोज १६ । चुनाव बन्यो नेताको लागि जनताले खै त के पाए ? गरिब जनता भोकभोकै हुँदा खै त के खाए ? आखिर भोट माग्ने बेला किन देखाउँछन् लालच, एकसरो नहुनेहरुले बिचराले खै त के लाए ?
भनिन्छ बिहानीको सूर्यको किरणले सम्पूर्ण दिनलाई बताउँछ एकदम सहि हो तर हाम्रा आसाका खम्बा आफूलाई केहि राहत मिल्ला भनेर आस गरेर जनताले नै चुनेका नेताले निरास बनाउँदा सोझा जनताको हालत के होला कस्ले बुझ्ने ? कहिले सम्म गरिब जनता एकसरो र एकछाकमै दिन गुजार्नुपर्ने ?
जति जोगि आएपनि कानै चिरेका भन्ने उक्ति तितो सत्य देखिएको छ जो आउँछ भाषणका लागि आउँछ व्यवहारमा लागु गर्ने नाही । सान्त्वना चिल्लो मिठो बोलिले पेट नभरिने रहेछ आवश्यकता पूरा गर्न त चाहिन्छ उहि रकम त्यसका लागि सङ्घर्ष त गर्नुपर्छ तर मेहनत अनुसारको फल नपाएपछि के गर्ने ?
आमाले दिनरात अर्काको काम गरेर सन्तानको दुख टार्नुहुन्छ भविष्यको खम्बा सम्झेर पढाउनुहुन्छ तर यो हाम्रो देशमा त्यो पढेको कागजको टुक्रा केही काम आउँदैन फेरि उहि ऋण खोजेर मरुभूमि त्यो खाडिमा पसिना त बगाउछन् युवा तर ब्याज तिर्ने पैसा पाउँदैनन् यता साहुको गालि सुन्दासुन्दा भएको एउटा झुपडी पनि साहुले लैदिन्छन् र उता छोरो फर्केर आउने नआउने भर हुन्न यो पिडा अहिले हामी आम नेपालीको हो कहिले सम्म युवा मरुभूमिमा गएर रातदिन नभनी काम गर्नुपर्ने ?
आफ्नै देशमा युवा परिचालन र काम अनुसारको दाम नपाउनाले बाध्य छन् युवा मरुभूमि जान । पढेको कागज न जलाउन मिल्ने न काम लगाउन यसरी आफ्नै देशमा बेरोजगारी भएर युवा कहिले सम्म तड्पिनुपर्ने ?
विकसित देशमा युवाले देश चलाउँछन् वृद्धलाई पेन्सन दिन्छन् तर हाम्रो देशमा वृद्धले देश चलाउँछन् युवा लाई टेन्सनै यसो भईरहँदा देशको स्थिति कता मोडिएला एकचोटी युवाले देश हाकेको हेर्न चाहन्छौँ। लाखौ युवा बेरोजगारीको चपेटामा छन् आफ्नै देशमा प्रशस्त उधोग कलकारखाना खोलि आफ्नो क्षमता अनुसारको रोजगार किन नदिने ?
लाउनुपर्छ भाको दाम पाउनुपर्छ सबैलै काम सङ्घर्ष गर आफ्नै देशमा नबेच आफ्नो ईनाम जोगाउ देशको भूमि बचाउ स्वाभिमान। जय देश जय युवा ।