News Portal

प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध कांग्रेसले आन्दोलन गर्ने

रातोपोस्ट संवाददाता
४४२ पटक

बुटवल, असाेज १६ । नेपाली कांग्रेस प्रदेश नम्बर ५ को सरकारले राजधानी बुटवलबाट दाङ देउखुरी सार्ने प्रस्तावविरुद्ध उत्रिएको छ । प्रदेश संसदमा राजधानी तथा नामसम्बन्धी प्रस्ताव दर्ता गरेपछि कांग्रेसले विरोध गरेको छ ।

कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको प्रस्तावविरुद्ध कडा आन्दोलन सञ्चालन गर्ने बताएका हुन् ।

‘संसदीय मर्यादा विपरीत विपक्षी सांसदसँग कुनै छलफल नगरी र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो प्रस्तावको खिलापमा कडा खालका आन्दोलन सञ्चालन गर्ने जानकारीसमेत गराउँछौँ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारका पालामा रूपन्देहीलाई प्रदेश ५ को राजधानी तोकिएको उल्लेख गर्दै उनले त्यसबेला उक्त निर्णयको स्वागत गरेका जनतालाई हठात रूपमा आएको यस्तो प्रस्तावले स्तब्ध पारेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्