News Portal

कोलकातालाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा

रातोपोस्ट संवाददाता
४९२ पटक

एजेन्सी, असोज १८ । यूएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्स सहज जित निकालेको छ । शनिबार भएको खेलमा दिल्लीले कोलकक्ता नाईट राइडर्सलाई १८ रनले हराएको हो ।

सारझाहाँ क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको २२९ रनको बलियो लक्ष्य पछएको कोलकोक्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र २१० रन बनायो ।

कोलकक्ताका लागि नितिश रानाले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ४ चौका र ४ छक्काको सहयोगमा ५८ रन बनाए । त्यस्तै इयान मोर्गानले ४४ रन बनाउँदा राहुल तिपाठी २८ तथा आन्द्रे रसेलले १३ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि अरिच नोर्टजेले सर्वाधिक तीन विकेट लिए । त्यस्तै हर्स पटेलले दुई विकेट लिँदा कगिसो रवाडा, मार्कुस स्टोनिस र अमित मिश्राले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अ‍ैर र पृथ्वि शले अर्धशतकीय पारी खेले ।

३८ बल खेलेका अ‍ैरले ७ चौका र ६ छक्काको सहयोगमा ८८ रन बनाए । ४१ बल खेलेका पृथ्विले ४ चौका र ४ छक्काको सहयोगमा ६६ रन बनाए । दिल्लीका लागि रिशव पन्तले ३८ रन बनाउँदा शिखर धावनले २६ रनको योगदान गरे ।

बलिङतर्फ कोलकक्ताका लागि आन्द्रे रसेलले दुई विकेट लिए । त्यस्तै वरुण चक्रवर्ति र कमलेस नगरकोटीले एक–एक विकेट लिए ।

दिल्ली आजको खेलमा फराकिलो जित निकाल्दै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा चार खेल खेलेको दिल्लीले ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । यता कोलकक्ताको ४ अंक छ । कोलकक्ता तालिकाको पाँचौ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्