News Portal

घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी श्रीमतीकाे हत्या

रातोपोस्ट संवाददाता
५१८ पटक

विर्तामाेड,२६ असाेज। झापामा एक व्यक्तिले आफ्नै श्रीमतीकाे हत्या गरेका छन् । कमल गाउँपालिका– २ त्रिवेणी चाैकका ३४ वर्षीय रामजी थापाले शनिबार साँझ २४ वर्षीया श्रीमती रिता थापाकाे खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा थापाले श्रीमतीलाई खुकुरी प्रहार गरेको र खुकुरी प्रहारवाट गर्धनमा गम्भीर चोट लागेकी रीताको केही समयपछि घटनास्थलमै मृत्यु भएको थियो । हत्यामा संलग्न थापालाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको छ । अभियुक्त थापा महिना दिन अघि मात्र बैदेशिक रोजगारीवाट घर आएका हुन् ।
घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछीले घटनास्थलबाटै नियन्त्रणमा लिएको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्