News Portal

नेपाल क्रिकेट संघ (क्यान)काे वार्षिक साधारणसभा स्थगित

रातोपोस्ट संवाददाता
११६५ पटक

काठमाडौं,२७ असाेज। नेपाल क्रिकेट संघ (क्यान)काे २०७७ असाेज ६ गते चितवनमा सम्पन्न बाेर्ड बैठकले  असोज २८ र २९ गतेका लागि निर्धारण गरेको संघकाे वार्षिक साधारणसभा स्थगित गरेको छ। संघका केही पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यहरू कोरोना ( कोभिड–१९)  संक्रमित भएर आइसोलेसनमा बस्न परेपछि क्यानले पूर्व निर्धारित साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो।

संघका केही पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरू कोभिड–१९ संक्रमित भई आइसोलेसनमा बस्नु परेको हुनाले हाललाई उक्त साधारणसभा अर्को सूचना नआउँञ्जेलसम्मका लागि स्थगित गरिएको  अध्यक्ष चतुरबहादुर चन्दद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।

प्रेस विज्ञप्ति

प्रतिकृया दिनुहोस्