News Portal

रानीपोखरी निर्माण कार्य सम्पन्नः आज राष्ट्रपति भण्डारीद्वारा उद्घाटन गरिने

रातोपोस्ट संवाददाता
८८७ पटक

काठमाडाैँ, ५ कात्तिक। २०७२ सालकाे भूकम्पपछि क्षतिग्रस्त  रानीपोखरीको निर्माण कार्य सम्पन्न पश्चात आज उद्घाटन हुने भएको छ । प्राचीन शैलीमै निर्माण गरीएकाे रानीपाेखरीकाे उद्घाटन आज दिउँसो राष्ट्रपति विद्यादेवि भण्डारीले गर्ने कार्यक्रम तय भएकाे छ।

भुकम्प पश्चात्,  पोखरीकाे अवस्था क्षतिग्रस्त हुन पुगेकाे  र  बीचको बालगोपालेश्वर मन्दिर समेत भत्किएको थियो । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले  रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् ।

रानीपाेखरीकाे उद्घाटन हुने भएपछि यो पालिको भाइटीकामा भक्तजनहरूले लामाे समयकाे प्रतिक्षा पश्चात दर्शन गर्न पाउँने भएका छन्। बर्सेनि भाइटीकाको दिन मात्रै दाजुभाइ र दिदीबहिनी नहुनेहरूका लागि खुला हुने मन्दिर २०७२ काे  भूकम्प पश्चात पाँच वर्ष अस्तव्यस्त रहेकाे थियाे । रानीपाेखरी र बिचमा रहेकाे मन्दिर  पुनर्निर्माणपछि रानीपोखरीको स्वरूप आनन्ददायक बनेको छ  भने  पानी भरिएर पोखरी टिलपिल छ । बीचमा ग्रन्थकुट (शिखर)  शैलीको सेतो मन्दिर ठडिएको छ । राजधानीको ऐतिहासिक धरोहरमध्येको यो पोखरीले पुनर्जीवन पाए पश्चात सबैमा खुसियालि छाएकाे छ।

प्रतिकृया दिनुहोस्