News Portal

थप ३११४ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या हजार नाघ्यो

रातोपोस्ट संवाददाता
१२७४ पटक

काठमाडौं, १८ कार्तिक । पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४६८ सहित देशभर ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १४६८ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार १६६ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

प्रतिकृया दिनुहोस्