News Portal

प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख महराकी पत्नीकाे निधनप्रति दु:ख व्यक्त

रातोपोस्ट संवाददाता
४१९ पटक

काठमाडौं, १९ कात्तिक । पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन ।

‘प्रतिनिधिसभाका सदस्य एवं पूर्व सभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अन्त्यन्त दु:ख लागेको छ,’ प्रधानमन्त्री ओलीले ट्विटमार्फत् भन्नुभएकाे छ, ‘म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पूर्व सभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

महरा पत्नी सीताको आज बिहान मृत्यु भएको हो । कोभिड १९ संक्रमण भएको उहाँको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

प्रतिकृया दिनुहोस्