News Portal

बिहारमा नीतीशकुमार बने सातौंपटक मुख्यमन्त्री

रातोपोस्ट संवाददाता
६०२ पटक

नयाँदिल्ली, १ मंसिर । जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार राजभवनमा सातौ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन् ।

राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को आइतबार बसेको बैठकले नीतीशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै उनी सातौंपटक विहारको मुख्यमन्त्रीको बन्ने बाटो खुला भएको थियो ।

नीतीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै रेणु् देवीले पनि मन्त्रीको सपथ लिएकी छन् । हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ । दुबै मन्त्री नीतीशकुमार निकट मानिन्छन् ।

उनको सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ । यसैबीच सपथग्रहण समारोहमा राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादव सहभागी नभएको समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्