News Portal

कोरोना संक्रमणका कारण मोरङकी एक वृद्धाको मृत्यु

रातोपोस्ट संवाददाता
४६६ पटक

काठमाडौं, २ मंसिर । कोभिड-१९ संक्रमणका कारण मोरङकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ।

मोरङ मिक्लाजुङकी ती महिलाको हिजो राति ७ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । कात्तिक २८ गते कोभिड संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

प्रतिष्ठानको कोभिड अस्पतालमा हालसम्म कोरोना संक्रमणका कारण १०६ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्