News Portal

मेचीनगरका एक कोरोना संक्रमित पुरुषको मृत्यु

रातोपोस्ट संवाददाता
६३७ पटक

झापा, ७ मंसिर । कोरोना संक्रमणका कारण झापा मेचीनगरका एक पुरुषको मृत्यु भएको छ । आइतबार विहान एक बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेचीनगर बाहुनडाँगी- ४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अन्य रोगबारे प्रष्ट जानकारी नआएको जनाउदै प्रतिष्ठानले विरामी पुरुषमा मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । त्यसपछि विरामीको स्वास्थ्य अवस्थामा समस्या भएपछि थप उपचारका क्रममा उनलाई मंसिर ३ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएको एक सातापछि मृत्यु भएका विरामीको शव ब्यवस्थापन कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ । यससंगै प्रतिष्ठानमा उपचारका क्रममा १ सय ९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्तकको शवको व्यवस्थापन नियमानुसार भइरहेको अस्पतालको भनाइ छ ।

प्रतिकृया दिनुहोस्