News Portal

झापामा ९० जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४७२ पटक

झापा, ८ मंसिर । झापामा आज थप ९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ११ वटा पालिकामा ३८ महिला र ५२ जना पुरुषसहित ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप भएका संक्रमित दमक नगरपालिकामा १८ महिलासहित ४९ जना, मेचीनगर नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ महिलासहित ४ जना, कनकाई नगरपालिकामा ६ महिलासहित ८ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, कमल गाउँपालिकामा २ जना महिला, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, हल्दीबारी गाउँपालिकामा १ जना महिला, कचनकवल गाउँपालिकामा २ जना पुरुष, शिवसताक्षी नगरपालिकामा २ जना, झापा गाउँपालिकामा २ जना र पालिका नखुलेका १ जना महिला संक्रमित रहेको उनले जानकारी दिए ।

त्यस्तै आज मृत्यु हुनेमा १ महिला र १ जना पुरुष छन् । भद्रपुर–८ का ७३ वर्षीय पुरुष र मेचीनगर– ४ की ८२ वर्षीया महिलाको विराटनगर स्थित कोशी कोभिड–१९ अस्पतालमा कोरोनाका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३२ हजार ५४६ स्वाब संकलन गरिएका मध्ये ३ हजार ३६१ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९६ जनाको मृत्यु भइसकेको छ । सकृिय संक्रमित ९९२ र निको भएर घर फर्किएका २ हजार २७३ रहेको चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्