News Portal

राष्ट्रपतिद्वारा दुई अध्यादेश स्वीकृत

रातोपोस्ट संवाददाता
५८२ पटक

काठमाडौँ,  २१ मंसिर  । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश स्वीकृत गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७’ स्वीकृत गरेकी हुन्।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्