News Portal

नेपालमा थप १३८२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
७५१ पटक

काठमाडौं,  मंसिर २३ । कोरोना संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६३७ पुगेको छ।

यस्तै,  मंगलबार नेपालमा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने अहिलेसम्म २ लाख २९ हजार ५४ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १६२१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस्