News Portal

अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलतः प्रवक्ता श्रेष्ठ

रातोपोस्ट संवाददाता
४४५ पटक

काठमाडौं, ३० मंसिर । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले मंगलबरा ल्याएको अध्यादेश सार यसअघि जारी गरेर फिर्ता गरिएको अध्यादेश भएको जनाएका छन् ।

उनले मंगलबार आफ्नो फेसबुक पेजमार्फत अहिले सत्तारुढ दलको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिबेसन बोलाउने समय नजिक आएका बेलामा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।

‘तसर्थ अध्यादेश तत्काल फिर्ता हुनुपर्दछ’, उनले भनेका छन् । श्रेष्ठले अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानकारी नभएको पनि प्रस्ट पारेका छन् । आफ्नो नीजि विचार भन्दै उनले भोलीको स्थायी समिति बैठकमा छलफल होला भनेका छन् ।

प्रतिकृया दिनुहोस्