News Portal

संवैधानिक परिषद्को बैठक सकेर प्रधानमन्त्री ओली शीतल निवासमा

रातोपोस्ट संवाददाता
६६१ पटक

काठमाडौं, ३० मंसिर । संवैधानिक परिषद्को बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री ओलीबिच पौने ७ देखि शीतल निवासमा भेटवार्ता जारी रहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा संबैधानिक परिषद्को बैठक १७ः१५ बजेदेखि १९ः३५ बजेसम्म भएको हो । नयाँ अध्यादेश ल्याएपछि बसेको बैठकले कुनै निर्णय नगरेको बताइएको छ । बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा छलफल गरेपनि कुनै निर्णय नगरेको स्रोतले बताएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गाणेश तिमिल्सेनामात्र उपस्थित थिए। सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा गएनन्। प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस्