News Portal

सुसेली प्रतिभा पुरस्कारबाट लोकतन्त्र पोस्टका फोटो पत्रकार खरेललाई सम्मान हुने

रातोपोस्ट संवाददाता
१५१५ पटक

झापा, १६ पुस । लोकतन्त्र पोस्टका फोटो पत्रकार देवेन्द्र खरेल सुसेली प्रतिभा पुरस्कारबाट सम्मान हुने भएका छन् ।

सुसेली साहित्यिक परिवारले चूडामणि रेग्मीको चौरासी तथा गुरुआमा वेदकुमारीको हिरक जन्मोत्सवका अवसरमा आगामी पुस १८ गते उनीलगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कारबाट विर्तामोड निवासी बुद्ध अफसेट प्रेस सञ्चालक कमला भट्टराई पराजुलीलाई प्रदान गर्ने निर्णय भएको छ ।

सो अवसरमा साहित्यकार देवीचरण भण्डारी र इन्द्रबहादुर मुखियालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलले बताए ।कार्यक्रममा स्मारिका ‘सुसेली–१८’ झापाली स्रष्टा परिचय अङ्कको लोकार्पण समेत गरिने भएको छ । कार्यक्रममा परिवारले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा पुरस्कृत हुने प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्