News Portal

झापाका ६ स्थानमा एकैपटक फेसन डिजाइन सम्बन्धि तालिम शुरु

प्रवीण अधिकारी
६८४ पटक

झापा,२३ पुष। नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाको आयोजनामा जिल्लाका ६ स्थानमा नयाँ फेसन डिजाइन सम्बन्धि प्रशिक्षण कार्यक्रमकाे शुरुआत भएको छ।

हिजो बुधबार झापाको काकडभिट्टा , चारआली ,बिर्तामोड ,बुद्दशान्ति ,शनिश्चरे र सुरुंगा गरी ६ स्थानमा कार्यक्रमकाे शुरुआत भएको आयाेजक संघकी सदस्य भवानी खड्काले जानकारी दिइन्।

झापाको काकडभिट्टामा हिजो मेचिनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ललित तामाङकाे प्रमुख आतिथ्यतामा शुरु भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा घरेलुु तथा साना उद्योग व्यवसायी संघका जिल्ला अध्यक्ष चन्द्र शाही रहेका थिए।

त्यस्तै अतिथिहरूमा वडा सदस्य राजकुमार श्रेष्ठ ,सावित्रा ल्वागुन,देवी सुवेदी ,भानु साहित्य प्रतिष्ठानका सचिव फडिन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा प्रशिक्षणको लागि सिटिइभिटी बाट मान्यता प्राप्त ३ जना ट्रेनरहरू काठमाडौं बाट आएकाे र उनिहरूले १ हप्तासम्म नयाँ फेसन डिजाइन सम्बन्धि तालिम दिनेछन् ।

यस कार्यक्रमका लागि मेचिनगर नगरपालिकाकाे सहयोग रहेकाे र यो कार्यक्रम सकिए पश्चात् पुनः माघ ५ गतेदेखि ११ गतेसम्म एडभान्स काेट कटिङ तालिम सञ्चालन गर्ने समेत आयोजकले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्