News Portal

लागू औषध १३० केजी गाँजा सहित ८ जना पक्राउ ।

रातोपोस्ट संवाददाता
११३० पटक

मकवानपुर ,२५ पुष । प्रहरीले १३० के.जी. लागू औषध गाँजा सहित ८ जनालाई पक्राउ गरेको छ।

पुस २४ गते बिहान अन्दाजी ०४:०० बजेको समयमा प्राप्त विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरकाे मनहरी गा.पा. वडा नं. ८ सिमपानी स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डको किनारामा लागु औषध गाँजा ४४ के.जी. सहित ८ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा  मकवानपुर राक्सिराङ्ग गाउँपालिका वडा नं.२ बस्ने बर्ष २२ को सुजन प्रजा, बर्ष २५ को दिपक लामा, बर्ष ५२ को कान्छाराम लामा, बर्ष ४५ को गोपाल चेपाङ्ग, बर्ष ३१ को रतन सिङ्गतान, बर्ष ३६ को उद्धास ब्लोन, बर्ष २५ को प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा नं.४ बस्ने बर्ष ३४ को सिताराम सिङ्गतान रहेका छन् ।

यसअघि गत २३ गते राति ९ बजेको समयमा मकवानपुरकाे मनहरी गा.पा. वडा नं. ६ स्थित लागुऔषध गाँजा ओसार पसार भईरहेको छ भन्ने प्राप्त सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी गा.पा. वडा नं. ६ स्थित रुपाचुरी जंगलमा केही मानिसहरुले बोराहरू बोकी ल्याएको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ सामान छाडी जंगल तर्फ भागी फरार भएको र उक्त पोकाहरू खोली हेर्दा लागु औषध गाँजा ८६ के.जी. फेला परेको हुँदा बरामद गरी उक्त लागुऔषध गाँजा ओसार पसारमा संलग्नहरूको खोजी कार्य भइरहेको  जनाएको छ।

प्रतिकृया दिनुहोस्