News Portal

‘दलितलाई बजेट दिन कन्जुस्याँई’-अन्जु प्रसाईं (वर्देवा)

रातोपोस्ट संवाददाता
७८१ पटक

अन्जु प्रसाईं (वर्देवा) मेचीनगर वडानम्वर ११ कि स्थायी वासिन्दा मात्रै हैनन्, यस वडावाट निर्वाचित दलित महिला वडा सदस्य पनि हुन् । २०४८ सालताका वर्देवा (दर्जी)संग अन्तर जातीय विवाह गरेकी विद्रोही स्वाभावकी अन्जुको दलीय राजनीतिक प्रभाव पनि कम छैन । उनी तत्कालिन नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधि हुन् । जनप्रतिनिधि निर्वाचित भएको करिव तीन वर्ष वित्न लाग्यो । उनले रातोपोष्टसंग आफ्नो अनुभव यसरी साटेकी छन् :

चुनाव जितेर गएको ३ वर्ष पुग्यो । यो अवधिमा के कस्ता काम गरियो जस्तो लाग्छ ?
हिजो २० वर्षसम्म जुन किसिमको कर्मचारीतन्त्र हावी थियो । त्यसबाट जनता आजित थिए । जनताले लामो समयपछि आफ्ना प्रतिनिधि चुनेर पठाएका थिए । जनताले जिताएर पठाएका हामीले यो ३ वर्षमा २० वर्षमा गरेको भन्दा धेरै काम गरिसक्यौँ जस्तो लागेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पछि तीन तहको सरकार छ अहिले हाम्रो देशमा । जसमध्ये नगरपालिका र स्थानीय तहहरु जनताका नजिकका सरकार हुन् । अर्थात हाम्रो वडा नै सिंहदरवार हो । वडा वडा नै सिंह दरवार भएपछि जनताले दु:ख पाउने त कुरै भएन नि ।

स्थानीय सरकारका वडा सदस्यहरुको भुमिका के हो ? भूमिकाविहीन वनाइयो भन्ने कतिपय वडा सदस्यहरुकै गुनासो सुनिन्छ नि ?

त्यस्तो होइन । भुमिकाविहीन हामी छैनौँ । हामीलाई वडाले के भूमिका दिन्छ भनेर पर्खिएर वस्ने भन्दा पनि आफैँ भूमिका खोज्ने हो । हाम्रै वडाको कुरा गर्दा हामीलाई वडा अध्यक्ष सन्तोष मेचे ज्युले कुनै कुरामा विभेद गर्नु भएको छैन । आवश्यकता अनुसार भूमिका निर्वाह गर्ने मौका दिनु भएको छ । वैठकहरुमा निर्धक्क बाेल्छौँ । चित्त नबुझेका कुराप्रति ढुक्कसंग प्रश्न गर्छौँ ।

तपाईहरुले जनतालाई प्रत्यक्ष सेवा पुग्ने खालका के के कामहरू गर्नुभयो ?

३ वर्षमा हामीले वाटो घाटो, पुल पुलेसोहरु धेरै निर्माण गऱ्यो । जसले जनतालाई प्रत्यक्ष र परोक्ष रुपमा फाइदा पुग्ने आशा छ ।

बाटोघाटोमा गिटि र बालुवा छर्नु विकास हो ?

बाटोघाटो र गिटिबालुवालाई मात्र प्रोत्साहन गरेका छैनौ । अहिले स्कुलको गुणस्तरीय शिक्षाप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ । साथै सामाजिक विकृति विसंगतिविरुद्ध पनि वडाले जनतासंग मिलेर विभिन्न चेतनामुलक गतिविधिहरु गरिरहेको छ । जातीय विभेद, वोक्सी प्रथा, जस्ता कुप्रथा विरुद्ध सर्वसाधारणलाई सचेत गराउने अभियानमा पनि वडा सक्रिय नै छ ।

वडा सदस्यहरुलाई सरकारले सेवा सुविधा या तवल भत्ता दिन्छ ?

त्यस्तो केहि सुविधा दिएको छैन । केही समय अघि त कुर्सी समेत थिएन । अहिले नगरपालिकाले कुर्सी सम्म चै उपलव्ध गराएको छ । जनताको काम गर्ने प्रतिनिधिलाई तवल भत्ता दिनै पर्छ भन्ने जरुरी म चै ठान्छिन् ।

दलित समुदायको समेत प्रतिनिधित्व गरेर जनप्रतिनिधि वन्नु भएको छ । आफ्नो समुदायको हितमा के गर्दै हुनुहुन्छ ? यो क्षेत्रमा दु:ख लाग्दो कुरा के छ भने । सबै कुरा राम्रो छ तर दलितका लागि वजेट दिने कुरामा चै नगरपालिका ज्यादै अनुदार वन्ने गरेको छ । यो स्थिति हाम्रो मेचीनगरमा मात्रै हैन, सिंगो देशकै यो ।

कोरोना कालमा जनप्रतिनिधिको भूमिका कस्तो रह्यो ?
यो महामारीको समयमा स्थानीय सरकारले जुन ढंगले काम गऱ्यो त्यस्तो काम त संघीय सरकारले समेत गरेन भन्ने लाग्छ । हामीले कोरोना संक्रमितहरूको रेखदेखदेखि राहत वितरण जस्ता कामहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरौ भन्ने लाग्छ ।

प्रस्तुति: प्रवीण अधिकारी

 

प्रतिकृया दिनुहोस्