News Portal

प्रचण्डले पदकै लागि माओवादी आन्दोलनलाई बेचे : प्रभु साह

रातोपोस्ट संवाददाता
८२३ पटक

काठमाडौं, ३ माघ । नेकपाका स्थायी कमिटि सदस्य एवं सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्डविहिन नेकपा भएमात्रै सशक्त आन्दोलन गर्न सकिने बताएका छन्। नेकपाको प्रदेश–१ सम्पर्क मञ्चले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै मन्त्री साहले माओबादी आन्दोलनलाई बेचेर ब्यापार गरेर एजेण्डा विहिन बनेका प्रचण्डबाट कम्युनिष्ट पार्टी अगाडी नबढ्ने बताए।

“आफनै सरकारका विरुद्ध अव्श्विासको प्रस्तावमा हस्ताक्षर गरेर अन्तरघात गरेका नेताले सडकमा चर्को स्वर बोलेर आन्दोलन माथी उठ्न सक्दैन,”मन्त्री साहको भनाइ छ।  अन्तरघात गर्नु प्रचण्डको लागि कुनै अनौठो कुरो होइन। पद जोगाउनको लागि विचार र सहकार्य छोड्ने र बाहिर पठाउने कार्य पहिलैदेखि गरेर आएका छन्। त्यसैले आफुले पनि प्रचण्डको नेतृत्व छाडेको मन्त्री साहले बताए।

प्रधानमन्त्री केपी ओलीको पक्षमा तराइ मधेसको समर्थन रहेको छ। केपी ओली, जहाँ छ, त्यही माओबादी आन्दोलनपनि अगाडी बढेको मन्त्री साहले बताए। शाही राजासँग लडाइ चलिरहेको बेला प्रधानमन्त्री पद्को लागि दाम चढाउने र हारेर पनि प्रधानमन्त्री बन्नेहरुबाट देश चल्न नसक्ने मन्त्री साहले बताए।

प्रतिकृया दिनुहोस्