News Portal

मोटरसाईकल र ट्याक्टर ठोक्किँदा २ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
९५९ पटक

कैलाली, १८ माघ । कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा शनिवार राति ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार शनिवार राति ११ बजे पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको  ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको ब ९१ प ४०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका १० का २३ वर्षीय  गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढा रहेका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्र्याक्टरका चालक घोडाघोडी नगरपालिका ५ का २१ रामसिंह चौधरीसहित ट्र्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्