News Portal

सम्पादकीय: अब जनता जाग्नुपर्छ

रातोपोस्ट संवाददाता
८७३ पटक

यतिबेला देश राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बनेको छ। एकातिर जनताले आफ्नो अमुल्य मत दिएर सत्तामा पुगेकाहरू नै तँ ठुलाे कि म ठुलो भनेर कुर्सी तानातान र हानाहानकाे अवस्थाबाट गुज्रिएको अवस्था छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस कतिबेला फल झर्ला र कर्यापझ्याप पाराैँला भनेर सत्ताको भाेक देखाइरहेकाे छ।

एकातिर विश्व भर फैलिएको काेराेना भाइरस ( काेभिड-१९ ) का कारण त्यसको ठुलो असर नेपाललाई पनि परेको छ । राेगका कारण भन्दा भाेकका कारण मर्नेहरूकाे संख्या ४ गुणा बढि छ । जनताले दिएको मतकाे खिल्ली उडाउँदै सत्ताका साशकहरू सम्विधान विपरीत संसद विघटन गरेर सडकमा रमिता देखाइरहेका छन्,। कसले बढी जनता भेला पार्ने र हसाउने भन्ने विषयमा नेताहरूको भनाभन ,आराेप ,प्रत्यारोप चलिरहेको छ। बेरोजगारकाे संख्या कति छ देशमा भन्ने कुरा यो महामारीको समयमा पनि तिनै जनताको भविष्यमाथि खेलबाड गरेर सत्तामा रमाइरहेका कथित साशकहरूकाे भेलामा उपस्थित भएका भिडबाट प्रष्ट बुझ्न सकिन्छ । कसैलाई भत्ताको लाेभमा त कसैलाई विविध प्रलाेभनमा पारेर मान्छे भेला पार्न राजनीतिक दलका नेताकार्यकर्ता यतिबेला गाउँ गाउँमा सक्रिय छन्,। अझै निर्वाचनको हल्ला ले त एक किसिमको माहोल नै अर्कै बन्दै गएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा दैनिक काठको बाकसमा फर्किएका युवाको लास र रेमिट्यान्समा बेचिएका ती लाखौं युवायुवतीहरूकाे भविष्य के होला ? जसले भाेकाे पेट पाल्न र चुहिएको छानाे टाल्न रेमिट्यान्समा बेचिएर विदेशिएकाे छ उसले काठको बाकसमा फर्कनु पर्ने अवस्था कसले सिर्जना गर्याे? प्राकृतिक सम्पदाको खानी यो देशलाई कंगाल बनाएर युवाहरूलाई रेमिट्यान्समा बेचेर आफन्त नातागोता ,इस्टमित्र लगायतलाई धनी बनाएर खुलामञ्चमा भाेकालाई निःशुुल्क खाना बाँडे झैँ अयोग्यहरूलाई पद बाँड्ने कथित साशकहरूलाई अब त लाज लाग्नुपर्ने होइन र ! के यो देश खडि मुलुकका लागि कुल्लि उत्पादन गर्ने कारखाना हो ? अब नेपाली जनताको चेत खुल्नुपर्छ र कथित लुटेरा साशकहरूलाई जरैदेखि उखेलेर फाल्ने हिम्मत नेपाली जनताले गर्नुपर्छ। हामी र हाम्रा युवायुवतीहरू अब रेमिट्यान्समा बेचिनु हुँदैन ,काठकाे बाकसमा फर्कनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्छ र यो देशलाई संसारकै नमुना देश बनाउन अब जनता जाग्नुपर्छ।

प्रतिकृया दिनुहोस्