News Portal

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

रातोपोस्ट संवाददाता
११०० पटक

कञ्चनपुर, ८ फागुन । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस घटनाका सम्बन्धमा  थप अनुसन्धान भैरहेकाे प्रहरीले जानकारी दिएकाे  छ ।

प्रतिकृया दिनुहोस्