News Portal

  • एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता

    रातोपोस्ट
    १४९६ पटक

    काठमाडौं, १३ फागुन । गैरआवासीय नेपाली संघले मध्यपूर्वका केही राष्ट्रमा रोजगारीमा रहँदा असजिलोमा पर्ने व्यक्तिको उद्धारको लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा स्थापना गरेको उद्धार कोषमा व्यापक अनियमितता भएको सम्बद्ध पक्षहरुको आरोप छ ।

    प्रभावित देशहरुमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य तथा सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्लाई समेत जानकारी नदिइ कोषको रकम खर्च भएको खुलासा भएपछि अनियमितता दाबी गरिएको हो ।

    अनियमितताका सम्बन्धमा एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले संघका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषद्को ध्यानाकर्षण गराएका छन्। यूएई, साउदी अरब, कतार, बहराइन, कुवेत, ओमान र एसिया क्षेत्रको राष्ट्र मलेसियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरुको उद्धारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठनबाट प्राप्त करोड रुपियाँको उद्धार कोष स्थापना गरिएको हो । यो कोषको नेतृत्व डा. बद्री केसीले गरेका छन् । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)