News Portal

रेडियो सोलुकाे कार्यालयमा आगलागी

रातोपोस्ट संवाददाता
७४८ पटक

सोलुखुम्बु, १७ फागुन । प्रदेश नम्बर-१ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा आगलागी भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा गएराति साढे १२ बजे आगलागी भएको हो ।

स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जानकारी दिए । आगलागीबाट झण्डै एक करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यकिन कारण खेलेको छैन ।

आगो नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, रेडियोका कर्मचारीलगायतको सहयोगमा झण्डै २ घण्टापछि निभाइएको थियो । २०६१ सालमा स्थापना भएको सोलु एफ एम अहिले एक हजार वाट क्षमतामा प्रसारण भइरहेको थियो ।

प्रतिकृया दिनुहोस्