News Portal

मालपोत कार्यालयमा भएकाे बम बिस्फोटको जिम्मा गोइत समूहले लियो

रातोपोस्ट संवाददाता
९१० पटक

सिरहा,   १ चैत्र । जिल्ला मालपोत कार्यालय सिरहामा भएको बम बिस्फोटको जिम्मा गोइत समूहले लिएको छ । आइतवार एक विज्ञप्ति जारि गर्दै बम बिस्फोटको जिम्मा लिएको हो ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको बताएका छन्।

गोइतले कार्यालयमा भ्रष्टाचार जारी नै रहे यसभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत दिएको छ। बम विस्फोटमा परेर कार्यालयका दुई कर्मचारीसहित आठ जना घाइते भएका थिए।

प्रतिकृया दिनुहोस्