News Portal

नेपाल–खनाललाई ओलीले पठाए चियापानको निम्तो

रातोपोस्ट संवाददाता
१४८३ पटक

काठमाडौं, १ चैत । नेकपा एमालेभित्रको विवादले गहिरो रुप लिँदै गरेको अवस्थामा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई चियापानको निम्तो पठाएका छन् । ओलीको सचिवालयले नेपाल–खनाललगायत शीर्ष नेताहरुलाई चैत्र ३ गतेका लागि चियापानको निम्तो पठाएको हो ।

माधव नेपाल र झलनाथ खनाल पक्षले आगामी ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । भेलाको अघिल्लो दिनका लागि बालुवाटारमा चियापानको आयोजना गरिएको हो ।

ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत शीर्ष नेताहरुलाई चियापानको निम्तो पठाएका हुन् । आगामी ७ गतेका लागि ओलीले बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएका छन् । असन्तुष्ट पक्षले सो बैठकमा नजाने बताउँदै आएका छन् । ३ गतेका लागि बोलाइएको चियापानमा असन्तुष्ट पक्ष सहभागी होला या नहोला भन्नेमा सबैको चासो छ ।

प्रतिकृया दिनुहोस्