कास्की, ११ चैत । सामाजिक दलाल पुँजीवादको आधुनिक बिभेदका विरुद्व सशत्त दलित आन्दोलन, बैज्ञानिक समाजवादको पक्षमा दलित मुक्ति मोर्चा नेपाल भन्ने मुल नाराका साथ नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट संबद्ध दलित मुत्ति मोर्चा कास्कीको जिल्ला भेला सम्पन्न भएको छ । बुधवार पोखराको नयाँबजारमा सम्पन्न भेलामा प्रमुख अतिथि पुर्णजित पुन “उभार”, जिल्ला सेक्रेटरी बिस्वासलगायतको सहभागितामा भएको कार्यक्रम भिमसेन परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।
यस्तै जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा कास्कीका इन्चार्ज पुर्णजित पुन “उभार” ले राज्यले आफ्नो दलाल संरचना जोगाई राख्न दलित लगायत सम्पुर्ण जातिय, लैङ्गीक, भेदभाव गर्दै आएको र उनिहरुको आवाज दबाउन प्रयत्न गरीरहेको छ । राज्यले बिभिन्न अफवाह छरेर आफ्नो बर्चस्व कायम राख्न धर्मको नाउँमा, जातीय नाउँमा साथै दलित वा लैङ्गिक रुपमा असमानता छर्दै आएको र यो सबै असमानताको हल बैज्ञानिक समाजवादी ब्यवस्थाले मात्र गर्न सक्ने बताए । कार्यक्रममा शुभकामना मन्तब्य राख्ने क्रममा नेकपा कास्की जिल्ला सेक्रेटरी बिस्वासले राज्यको गलत ब्यवस्था र नितिका कारण आज दलित भएकै कारण नबराज बि.कहरु मरीरहेको साथै श्रीया बि.क जस्ता चेलीहरु बलात्कृत हुनुपरेको बताए । अझै समाज र हामी बिच भएको भेदभाव साथै सम्पुर्ण उत्पीडितहरु माथी हुने बिभेदहरुको अन्त्य गर्न जरुरी रहेको र यसका लागी सबै लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष कमला परीयारले दलित नामै उखेलेर फाल्नुप र्ने बताइन । दलित भनेर दबाउने राज्यको अव्यवस्थित सिस्टमका कारण आजसम्म राज्यमा श्रीया बिक जस्ताले न्याय नपाएको हुँदा दलित एकता हुनुपर्ने जोड दिदै शुभकामना ब्यत्त दिइन । त्यसै गरि शुभकामना मन्तब्य दिने क्रममा युवा संगठन कास्कीका संयोजक राजेश लम्सालले १० बर्षे महान जनयुद्दका पहिला सहिद दिल बहादुर रम्तेल देखि कास्की जिल्लामा धेरै दलितहरुको साहदत गरेको ईतिहास भुल्न नहुने भन्दै जातिय बिभेद, सबैखाले असमानताको बिरुद्द एकजुट हुनुपर्नेमा बताए।
अ.ने.मा. संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष लक्ष्मी खड्काले भने आजसम्म दलितहरुको हरेक ठाउँमा , हरेक आन्दोलनमा सहभागी हुने तर दलितहरु पछि पारिने हुँदा अब सबै चेतनशील भएर एकजुट हुँदै अगाढि बड्नुपर्ने साथै हाम्रो मुत्तिका लागी अगाडी बढ्नुपर्ने बताइन । यस्तै शुभकामना मन्तब्यमा कुरा राख्दै अखिल नेपाल सुकुम्बासी संघ कास्की जिल्ला संयोजक कमल खड्काले दलितहरु भनेर जसरी दमन गर्न खोजिएको छ त्यसको बिरुद्द संगठित भएर अघि बड्नुपर्ने बताए । भेलाले भिमसेन परीयार अध्यक्ष हुने गरी १५ सदस्यीय दलित मुत्ति मोर्चा कास्की जिल्ला कमिटी गठन गरेको छ भने मिन बहादुर परियार उपाध्यक्ष, कृष्ण बहादुर परीयार सचिवमा चयन गरिएकाे छ ।