News Portal

क्रान्तिकारी शक्तिहरु एक हुदै दलाल संसदीय ब्यबस्था ध्वस्त पारौं

रबिन पुन
१२२० पटक

नेपाली जनताको लामो समयको त्याग तपस्या बलिदानी पुर्ण संघर्षबाट एकात्मक राज्य सत्तालाई पतन गराएर स्थापना गरेको गणतन्त्रमा गणतन्त्रबादी  शक्तिको पकड हुनु पर्दछ। गरिब मजदुर किसान निम्न बर्गको हकहित अधिकार स्थापित हुनु पर्दछ। देशमा सामाजिक, आर्थिक र रुपान्तरण हुनु पर्दछ। देशमा बिधि र कानुनको राज्य हुनु पर्दछ। जनताहरु स्वतन्त्ररूपमा बाच्न पाउनु पर्दछ । असमानता र बिभेदहरुको अन्त्य हुनु पर्दछ तर दुखको कुरा अहिले नेपालका अधिक्तम जनताहरुको हालत ठिक उल्टो रहेकाे छ ।

जनताको गरिबी जिउँको त्यु नै छ । देशमा रोजगारी, स्वास्थ्य र शिक्षा पर्याप्त छैन । लाखौं युवा रोजगारीको लागि बिदेशी भुमीमा निर्भर छ्न । रोजगारीको ब्यवस्था गर्ने सरकारी योजना केही देखिदैन । युवाहरु बाध्यताले बिदेशमा रोजगारको लागि भौतारिनुको विकल्प छैन । ठुलोलाई चयन सानोलाई ऐन भने जस्तो स्थिति रहेकाे छ । गणतन्त्रका बिरोधिहरुले राज्य सत्ता कब्जा गरेर राई दाई गर्दै हिडेका छन । राज्य सत्ताको गलत प्रयोग गर्दै बैधानिक तरिकाले नै भ्रस्टाचार गरिएको छ । कानुनी राज्यको आभास जनतालाई छैन । अब हामी नै सोचौं नयाँ नेपाल यहीँ हो ? पक्कै होइन । नेपाली जनतालाई केही मान्छेले मुर्ख बनाईरहेका छ्न । अब दलालहरुको भन्डाफोर गर्दै देशलाई निकास दिने क्रान्तिकारी तथा गणतन्त्रबादी शक्तिहरु एक हुनै पर्छ ।

राज्य सत्ता गलत प्रबृत्ति भएका झुन्डद्वारा संचालित हुदा बिदेशी दलालहरुको मतियार बन्दा देशको हालत खराब हुदै गएको छ । राज्यले जनताको शान्ति सुरक्षामा ध्यान दिन सकेको छैन । शान्ति सुरक्षाको प्रत्याभूति जनतालाई दिलाउन असफल भएको छ। दैनिक जसो नेपाली चेली आफ्नो भुमिमा बलात्कृत हुदै मृत्यु वरण गरिरहेका छन। दलाल बिचौलिया घुस्याहा भ्रष्टाचारीहरुको बिगबिगी छ । कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकालाई मुठी भरका मान्छेहरुले चलाएर कानुनी राज्यको खिल्ली उडाई रहेका छन ।

देश र जनताको पक्षमा भन्दा पनि ब्याक्तीगत स्वार्थ पुर्तिमा गैरकानुनी गैरेजिम्मेवारी तरिकाले राजनीति नेताको खोल ओढेका बिचौलियाहरु लागिरहेका छ्न। देशलाई बचाउन जनताको अधिकार जनतालाई नै उपलब्ध गराउन अब विकल्प खोज्नु अनिवार्य भएकोछ । गणतन्त्र ल्याउन सिन्को नभाच्ने गणतन्त्र बिरोधिहरुले जनताको ठुलो त्याग बलिदान सघर्स गरेर ल्याएको गणतन्त्रलाई विभिन्न जाल झेल गरी गणतन्त्र बिरोधि शक्तिहरुले नै अहिले देशको सत्ताको मुख्य साचो कब्जा गरेर गणतन्त्रका जन्मदाताहरु गणतन्त्रका नायकहरुलाई जेल हालेर सत्ताको बागडाेर कब्जा गरेका छ्न ।

नेपाली समाजको उखान नै छ । “काम गर्ने कालू मकै खाने भालु” भने जस्तै अहिले नेपालमा भएको त्यहीँ हो। माक्र्सवादी लेनिनवादी माओवादी नेतृत्वले नै समाज रुपान्तरण गरि देश बिकासको लागि आमूल परिबर्तन गर्ने नयाँ नेपालको परिकल्पना गरेका थिए । गणतन्त्र प्राप्तको लागि १० बर्षे जनयुद्ध (नेपाली जनताको बिद्रोह ) अनि त्यसकै आडमा २०६२/६३ को १९ दिने जन आन्दोलनको क्रममा शहिद बेपत्ता घाइते अपांग भएका परिवारलाई राज्यले आजीवन भरण पोषण गर्ने पर्ने दायित्व हो । तर अहिले राजनीति खेल उल्टो चलिरहेको छ । उनीहरुको अवस्था दयनीय छ।

क. माओले जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ भने जस्तै जहाँ अन्याय अत्याचार विभेद असमानता हुने गर्द्छ त्यहाँ क्रान्तिकारीहरुका स्वरहरु उठने गर्दछ्न । ईतिहास पल्टाउने हो भने बन्दुकको भरमा संसारमा कुनै पनि शासन सत्ता टिकेकाे छैन । जनताको शान्तिपुर्ण तरिकाले बाच्न पाउने नैसर्गिक अधिकारलाई हेक्का राख्नु पर्छ । जनतालाई सधैं भरी मुर्ख बनाउने शासकीय सोच गलत हो। जब सर्बहारा वर्ग जनता क्रान्तिका स्वर लिएर तुफानी हावा हुरि बनेर जुरुक्क उठछन तब कुनै पनि शक्तिले छेक्ने ल्याकत राखदैन । असल ब्यबस्थापन नगरी कुनै निहित स्वार्थको लागि पैसाको खोलो बगाएर, लोभ लालच देखाएर वा बन्दुकको धाक धम्की दिएर नक्कली चुनाव गराउने र सस्तोमा जनताको भोट् किनेर चुनाव जित्ने मान्छेहरु कहिले देशको बिकास गर्दैनन। जनताको अधिकार स्थापना गर्दैनन । सत्ता भत्ताको दुरुपयोग गरेर देशलाई लुट्नु मात्र उदेश्य हुने गर्दछ। अहिले दलाल ब्यवस्थाले देशलाई निकास अनि बिकास होइन धोस्त पार्ने तिर मात्र उन्मुक्त छ ।

सर्बहारा वर्ग, मजदुर र किसानहरुले प्राप्त गरेको उपलब्धीलाई एकात्मक राज्य सत्ताबाट पालन पोषण भएका शासक बर्गले गणतन्त्र ल्याउने शक्ति ( माक्र्सवादी दर्शन) लाई बदनाम गराउदै जाल झेल छलछाम गरेर चीर हरण गरेका छ्न । नेपालमा एकात्मक राज्य सत्ता छैन । तर एकात्मक राज्य सत्ताबाट शासन गर्न सिकेका रुढीबादी एकात्मकबादी यथास्थितिबादी शक्तिहरु हाबी छ्न । जनताको थप अधिकार र स्वाधीनता प्राप्तिको लागि नेपाली जनता उठनु पर्ने नै हुन्छ ।

बर्तामानको फाईदालाई नियालेर होईन समाज देश परिबर्तनको मुद्दालाई आत्मसात गरेर भोका नाङ्गा गरिब मजदुर किसान तमाम सर्बहारा जनता भोलिको भबिस्य हेरेर परिवर्तनकारी अग्रगमन पक्षमा लाग्नु पर्ने हुन्छ। गणतन्त्र बिरोधि र जनता बिरोधिहरु जेलमा हुनु पर्दछ। तर अहिले राज्य सत्ता कब्जा गरेर नेपाली जनता माथि शासन लादेका छ्न । आसेपासे हनुमानहरुको प्रयोग गरेर राज्य सत्ता कब्जा गरि बैधानिक तरिकाले राज्य दोहन गरेका छ्न। जनताहरु कहिले सम्म टुलुटुलु हेरेर बस्ने हो ? सर्बहारा बर्गको साथमा मध्यम वर्ग अब जाग्नु पर्छ । आफ्नो हकहित अधिकारको लागि र देशको सार्बभौमसत्तालाई बचाउनको लागि उठ्नु पर्छ । नेपालको बर्तमान अवस्थालाई समाधान गर्ने जनताको हकहित अधिकारलाई सुनिस्चित गर्न, देशको स्वाधीनताको रक्षा गर्न, समाजलाई रुपान्तरण गर्न, गणतन्त्र ल्याउने शक्तिहरु एक ठाउँमा एकीकृत भएर बैज्ञानिक समाजवादको दिशामा अघि बढ्नु नै अहिलेको समयको माग हो । बिदेशीयका हामी सबै युवा मजदुरहरुले नेतृत्व लिने गरि सबै क्रान्तिकारीहरुलाइ एक गराउन पहल गर्नु पर्छ। लेखक नेपाली जनप्रगतिशिल मोर्चा कतारका महासचिव हुन ।

प्रतिकृया दिनुहोस्