News Portal

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

रातोपोस्ट संवाददाता
६८९ पटक

पाेखरा, २ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रदेश सभा सचिवालयमा बिहीबार दिउँसो १ बजे १० मिनेटमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरि २८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएको कांग्रेस सांसद विन्दुकुमार थापाले बताए।

जनमाोर्चाका सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि समर्थन रहेको जनाएका छन् । मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ।

प्रतिकृया दिनुहोस्