News Portal

जनपत्रकार संगठन नेपाल डोटीको संयोजकमा थापा चयन

रातोपोस्ट संवाददाता
१८१५ पटक

डोटी, ९ बैशाख । जनपत्रकार संगठन नेपाल डोटीको संयोजकमा जीवन थापा चयन भएका छन । आज डोटी सिलगढीमा बसेको बैठकले जीवन थापाको संयोजकत्वमा ७ सदस्य जिल्ला भेला आयोजक समिति गठन गरेको हाे ।

सो बैठकमा सम्बोधन गर्दै नेकपा डोटी जिल्ला सेक्रेटरी बिमल धामीले पत्रकार भनेको समाजको सचेत वर्ग भएकोले समाजका हरेक विकृत र विसंगति विरुद्धमा पत्रकारले बोल्नु र लेख्नु पर्ने उनले बताए ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा सेम ब्युरो संयोजक प्रकाश थापाले पत्रकार भनेको समाजको महत्त्वपूर्ण क्षेत्र भएकाेले समाजमा देखिएका विकृति र विसंगति हटाउन आन्दोलनकाे सृजना गर्नु पर्ने बताए। कार्यक्रमकाे प्रमुख अतिथिमा नेकपा जिल्ला सेक्रेटरी बिमल धामी, विशिष्ट अतिथिमा जनपत्रकार संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापा र अतिथिहरुमा नेकपा जिल्ला सदस्य कृष्ण बहादुर बोहरा, सुशिल मलासी र अखिल(क्रान्तिकारी)का जिल्ला संयोजक प्रकाश कठायत र जिल्ला आयोजक समिति सदस्य दिपक भण्डारीलगायतको उपस्थिति रहेको थियो । सो बैठकको अध्यक्षता तथा सञ्चालन जीवन थापाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्