News Portal

तीन बुँदे सहमति उल्लंघन गर्दै विप्लव नेता पाैडेलकाे घरमा पक्राउ पुर्जी जारी

रातोपोस्ट संवाददाता
१४७७ पटक

झापा , १४ वैशाख। नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारविच फागुन २०गते भएको तिनबुँदे सहमतिकाे उल्लंघन गर्दै जिल्ला अदालत माेरङ र इलामले एकैपटक दुई फरकफरक मुद्दामा नेकपाका प्रभावशाली नेता एवम् मेची-काेसी ब्युरो कार्यालय सचिव सुमनसिंह पाैडेलकाे घरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ।

तिन बुँदे सहमति अनुरूप यति बेला विप्लव नेकपाले आफ्ना गतिविधि सञ्चालन गरे पनि सरकारले भने सहमति विपरीत कदम चालिरहेकाे छ । यस अघि प्रतिबन्ध फुकाइए पनि ताप्लेजुङबाट नेकपाका जिल्ला नेता सक्कललाई प्रहरीले गिरफ्तार समेत गरेको थियोे भने अझै पनि सयौं नेता कार्यकर्ता कारागारमै रहेका छन् ।

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियोे । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा तीन बुँदे सहमति भएको र सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा, नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने र विप्लव नेकपाले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको थियो ।

विप्लव नेकपा र सरकारविच भएको सहमति पत्र

राजनैतिक मुद्दा राजनीतिक तवरबाट समाधान गर्ने र सबै मुद्दा खारेजी गर्ने सहमति गरेको सरकारले सहमतिको उल्लंघन गर्दै नेता पाैडेलकाे घरमा आज जिल्ला अदालत माेरङ र इलामले ३५ दिने पक्राउ पुर्जि टाँस गरेकाे छ ।

जिल्ला अदालत इलामले जारी गरेको पक्राउ पुर्जीमा ध्वंसात्मक तथा संगठित अपराध मुद्दा रहेको छ भने माेरङले जारी गरेको सुचनामा अपराध तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ।

पक्राउ पुर्जीमा भनिएको छ ,- गणेश पाैडेलकाे छाेरा झापा जिल्ला दमक नगरपालिका वडा नम्बर २ बस्ने अं वर्ष ३० काे सुमनसिंह पाैडेल । छत्रबहादुर श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईं समेत भएको अपहरण र कर्तव्य ज्यान मुद्दामा तपाईंको नाममा यस अदालतबाट मिति २०७७/११/३ मा सात दिने पक्राउ पुर्जी जारी भएकोमा उक्त पक्राउ पुर्जी बमोजिम पक्राउ परी नआएको हुँदा ३५ दिने पक्राउ पुर्जी जारी गरिएको छ । यो पक्राउ पुर्जीमा उल्लेखित अवधि भित्र अविलम्ब यस अदालतमा उपस्थित हुनु हाेला । उक्त अवधि भित्र उपस्थित नभई फरार रहेमा मुलुकी फाैजदारी कार्यविधि संहिता २०७४ काे दफा ६५ बमोजिम हुनेछ । जारी मिति २०७७/११/०३ तामेली मिति २०७८ /०१/१४

प्रतिकृया दिनुहोस्