News Portal

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक बस्दै नबसी अन्त्य

रातोपोस्ट संवाददाता
४७६ पटक

काठमाडौं, १९ बैशाख । आजदेखि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक बस्दै नबसी अन्त्य भएको छ । अधिवेशन शुरू हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आजै बैठक अन्त्यको आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय र मुख्यमन्त्री पोखरेलको सिफारिसमा दिउँसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको पत्रमा उल्लेख छ ।

प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य भएको जानकारी दिएको सभामुख पूर्णबहादुर घर्तीले बताए । प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनीमा पुनः पोखरेलकै नेतृत्वमा संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार बनाउन जुटेको छ ।

प्रतिकृया दिनुहोस्