News Portal

काँकरभिट्टामा बिहानैदेखि बजार सुनसान

रातोपोस्ट संवाददाता
४७१ पटक

झापा, बैशाख २३ । कोरोना भाइरस संक्रमणले उच्च गति लिएपछि झापामा राति १२ बजेदेखि एक हप्ताका लागि पूर्ण निषेधाज्ञा लागू गरिएको छ।

पूर्ण निषेधाज्ञाकाे कारण आज मेची नगरपालिकाे काँकरभिट्टा, धुलाबारी र चारआलीमा बिहानैदेखि नै यातायात, बजार, उद्योग, कलकारखाना बन्द रहेका छन् ।
दोस्रो लहरअन्तर्गत झापाभित्र समुदायस्तरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयासस्वरूप जिल्ला प्रशासन कार्यालय झापाले बैशाख २२ गते बुधवार मध्यरातबाट लागु हुने गरी पूर्ण निषेधाज्ञा लागू गरेको हो । हिजो (बुधबार) मध्यरातिदेखि बैशाख ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

प्रतिकृया दिनुहोस्