News Portal

समाजवादी ट्रेड युनियनले मजदुरहरुलाई राहत प्याकेज ल्याउन सरकारसँग गर्याे माग

रातोपोस्ट संवाददाता
११२८ पटक

काठमाडौं, २५ बैशाख ।  वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले मजदुरहरुलाई बिशेष राहत प्याकेज ल्याउन सरकार तथा ब्यावसायीलाई माग गरेकाे छ ।

महासंघका संयाेजक डि.वी. सर्वश्रेष्ठले  काेराेना महामारीकाे याे समयमा मजदुरहरुलाई बिशेष राहत प्याकेज ल्याउन सरकार तथा ब्यावसायीलाई माग गरेका छन  ।

एक विज्ञप्ति जारी गर्दै महासंघका संयाेजक सर्वश्रेष्ठले भनेका छन्, खाद्यान्न अभावमा परेका श्रमिकलाई तत्काल खाद्यान्न उपलब्ध गरि, शहर छाेडि घर जान चाहने मजदुरहरुलाई तत्काल सजिलाे र भरपर्दाे माध्यमबाट घर जाने ब्यवस्था गर्न सरकारसंग  माग गरेका हुन ।

वर्तमान सरकरको स्वास्थ्य सामाग्री खरिदमा भएको करोडौं रुपैयाँको चलखेल अक्षम्य रहेको बताउदैं उनले अत्यावश्यक खोपमा पनि सरकार आफ्ना माफिया एजेन्टमार्फत कमिसन लिएर व्यापार गर्न निर्लज्जपन भएको आरोप लगाएका छन ।

उनले भनेका छन्, ‘जनतालाई महामारीबाट ज्यान जोगाउनै मुस्किल भएको छ तर यस्तो बेला पनि  मजदुरहरु मंहगीले  ढाड सेकिरहेका छन्। यस्तो खुलम्खुल्ला कालोबजारी व्याप्त रहँदा सरकारले के हेरिरहेको छ भनि सरकारलाई प्रश्न गरेका छन ?’

कोरोना (कोभिड १९) कहरकाबीच श्रमजीवी मजदुर वर्गको तत्कालिन समस्या हल गर्नका लागि महासंघले ईमेल  मार्फत बैशाख २४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे हाे ।

 

May be an image of 1 person and text

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्