News Portal

हल्दीबारीमा पनि आइसोलेसन सेन्टर तयार

रातोपोस्ट संवाददाता
१६२५ पटक

झापा,  २७ बैशाख । झापाको हल्दीबारी गाउँपालिकामा आठ बेडको आइसोलेसन सेन्टर तयार भएकाे छ । गाउँपालिकाले अहिले ८ बेडकाे आइसोलेसन सेन्टर तयार पारेको छ भने अबकाे चारदिन भित्र २० बेडकाे आइसाेलेसन तयार हुने गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताए ।

अध्यक्ष लिङ्देनले भने गाउँपालिकाले निर्णय गरेर नै ५० बेडकाे आइसोलेसन सेन्टर तयार गर्ने लक्ष्य रहेकाे उनले बताए । हल्दीबारी २ स्थित हल्दीबारी हेल्थपोष्टमा अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार पारिएको स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएदेखि हल्दीबारीमा ३४ जना काेराेना संक्रमित भएका छन ।

प्रतिकृया दिनुहोस्