News Portal

काँकरभिट्टामा ‘टेम्पो एम्बुलेन्स’ सेवा सुरु

रातोपोस्ट संवाददाता
६५० पटक

झापा, २८ बैशाख । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकरभिट्टामा जनताकाे सेवाकाे लागि टेम्पो एम्बुलेन्स सेवा सुरु गरेको छ। अहिले चारैतिर लकडाउन भएकाे समयमा जनताकाे सेवाकाे लागि टेम्पो एम्बुलेन्स सेवा सुरु गरिएकाे मेचीनगरका वडा -६ का वडा अध्यक्ष ललित तामाङले बताए ।

यसका लागि २ वटा टेम्पो वडा कार्यालयमा २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ । जनताकाे विषेश काम र बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले लैजान सहयोग गर्छन्।

वडाका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुरयाउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने वडा अध्यक्ष तामाङले बताए । जनताकाे अतिआवश्क कामलाइ ध्यानमा राखेर वडा कै पहलमा चालकलाइ पिपिइ सेट लगाएर सेवा दिने वडा अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्