News Portal

कविता : सरकार ईमान पैसाको भएपछी….. 

D.B. सर्वश्रेष्ठ
११६५ पटक

मेरो पसिनाले सजिएको अस्पताल मेरै लागी बिरानो भएपछि तँ चिच्याएको कसले सुन्छ र, चमेली

सरकार, इमान, पैसाको भएपछि…

दश नङ्ग्रा खियाएर फलाएको अन्न अर्कैको भएपछि तेरो पेटको के मतलब भयो र, चमेली

सरकार, इमान पैसाको भएपछी….

तँ रुई कराइ गर, के भो र यहाँ त दलाल, तस्कर माफियाको छ डिमाण्ड तेरो मेरो श्रमिक, किसानको त मृत्युकेन्द्र हो चमेली

ठग तस्करहरुको हो, स्वास्थ्यकेन्द्र….

रोग, भोक, आँशु त फगत लाग्ने कथा हो अरुको पैसा र ईमान भएकाहरुको हो, ब्याथा यस्तै त हो चमेली,

सरकार इमान पैसाको भएपछि…..

प्रतिकृया दिनुहोस्